दुर्घटनामा परी ३२ वर्षीय जीवन सहित तीन जनाको मृत्यु • Osvevo

दुर्घटनामा परी ३२ वर्षीय जीवन सहित तीन जनाको मृत्यु

Osnepal Admin (KTM) May 09, 2023
0

काठमाडौं, २६ वैशाख -पाल्पा, तिनाउ गाउँपालिका-३ झुम्सास्थित सडकमा लु.१ क २६१४ नम्बरको टिपरले लु.४४ प ५८०५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका-३ हर्दिनेटा बस्ने ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, रोहिणी गाउँपालिका-३ झुमा परासीस्थित सडकमा ना.८ ख २०९७ नम्बरको ट्रकले लु.७५ प ७६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-५ तरैनी बस्ने २३ वर्षीय निराजन चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-२ ढोडेनीस्थित सडकमा गणेशेबगरबाट ढोडेनीतर्फ जाँदै गरेको बा.४ ख ५३८२ नम्बरको आइचर ट्रक आफै अनियन्त्रित सोमबार राति दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका-२ ढोडेनी बस्ने ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार ४ जनालाई उपचारको लागि नगर अस्पताल मेलम्ची लगिएकोमा २ जनालाई थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर