ब्याज आम्दानी घटेपछि एनआईसी एसिया लघुवित्तको नाफा प्रभावित • Osvevo

ब्याज आम्दानी घटेपछि एनआईसी एसिया लघुवित्तको नाफा प्रभावित

Osnepal May 12, 2023
0

काठमाडौं, २९ वैशाख । एनआईसी एसिया लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ५८.९३  प्रतिशतले घटेर २३ करोड २४ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । 

यस लघुवित्तको अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ करोड ६० लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ३४.९६ प्रतिशतले घटेर ७७ करोड ६७ लाख ६६ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ५६.६३ प्रतिशतले घटेर ३३ करोड ४५ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । 

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ६६ पैसा छ । खराब कर्जा ३.४५ प्रतिशतले बढेर ४.९१ प्रतिशत पुगेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर