नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्याे • Osvevo

नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्याे

LC (KTM) May 12, 2023
0

काठमाडौं, २९ वैशाख । नेपाल इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५९.६६ प्रतिशतले बढेर २८ करोड ६५ लाख २९ हजार रुपैयाँ कायम छ । 

इन्स्योरेन्सले अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन ०.०६ प्रतिशतले बढेर ६० करोड १६ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

साथै बिमा कोषको आकार ३५.८५ प्रतिशतले बढेर ८९ करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म अइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको हो । प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ०२ पैसा छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर