दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने ३८ वर्षीय होम बहादुर पक्राउ • Osvevo

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने ३८ वर्षीय होम बहादुर पक्राउ

Osnepal May 12, 2023
0

काठमाडौं, २९ वैशाख । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रसुवा कालिका गाउँपालिका-८ धुसेनी घर भई हाल काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने ३८ वर्षीय होम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारका लागि दुबई पठाईदिन्छु आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर