यौन दुर्व्यवहार आरोपमा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ • Osvevo

यौन दुर्व्यवहार आरोपमा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ

Osnepal May 12, 2023
0

खोटाङ, २९ वैशाख । बालयौन दुर्व्यवहार आरोपमा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ परेका छन् । यौन दुर्व्यवहार कसुरमा खोटाङको शुभम फाउन्डेसनका सन्चालक राई पक्राउ परेका हुन् ।

 

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रनाउ मन्जिल मुकारुङले बतए ।

एकजना पीडित पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगर्पालिका (२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर