उद्योगमा राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आयो • Osvevo

उद्योगमा राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आयो

Osnepal May 12, 2023
0

मोरङ, २९ वैशाख । मोरङको बूढीगङ्गा(५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ ।विद्युतीय सामग्री उत्पादन उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्राविधिकले अनुमान गरेका छन् ।

मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए।

आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ एवं उत्पादित सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर