बैतडीमा नदीबाट बालुवा ल्याउदै गरेको ट्याक्टर पल्टियो • Osvevo

बैतडीमा नदीबाट बालुवा ल्याउदै गरेको ट्याक्टर पल्टियो

Osnepal May 12, 2023
0

बैतडी, २९ वैशाख-बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । पाटन नगरपालिकामा शुक्रबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटनामा परेको हो । 

पाटनबाट सुर्नया नदीबाट बालुवा ल्याइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५३ नम्बरको ट्याक्टर पाटन–६ को लोर्खा मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालकसहित तीन जना सवार रहेकोमा सबै सकुसल रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर