ट्र्याक्टरबाट खसेर दाङमा १४ वर्षीय विनोदको मृत्यु • Osvevo

ट्र्याक्टरबाट खसेर दाङमा १४ वर्षीय विनोदको मृत्यु

Osnepal May 12, 2023
0

दाङ, २९ वैशाख-दाङको तुलसीपुरमा ट्र्याक्टरबाट खसेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ का १४ वर्षीय विनोद चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज शुक्रबार दिउँसो ज्यान गएको हो ।

तुलसीपुर–१४ गोठ्वाबाट ग्वारखोला जाँदै गरेको रा १ त ४८९८ नम्बरको ट्र्याक्टरबाट किशाेर गोठ्वा नजिकै खसेका प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर