नक्कली भूटानी काण्डका दोषीमाथि कारबाही गर्न नेकपा एकीकृत समाजवादीद्वारा प्रदर्शन • Osvevo

नक्कली भूटानी काण्डका दोषीमाथि कारबाही गर्न नेकपा एकीकृत समाजवादीद्वारा प्रदर्शन

LC (KTM) May 12, 2023
0

काठमाडौँ-नक्कली भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज विराटनगरमा प्रदर्शन गरेको छ ।पार्टीको महानगर कमिटीद्वारा आज विराटनगर विरोध प्रदर्शनमा सहभागीहरूले दोषीमाथि कारबाही गर्न निष्पक्षरूपमा कार्य अगाडि बढाउनुपर्ने विचार राखेका छन् । वक्ताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारबाहीप्रति जनताको साथ रहेको छ भन्दै सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेकामा प्रशंसा व्यक्त गरेका छन् । एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले नक्कली भूटानी शरणार्थी काण्डले गर्दा मुलुकको शिर विश्वका सामु निहुराउने लज्जास्पद घटना भएको बताउनुभयो ।

कोणसभामा केन्द्रीय सदस्य तथा महानगर कमिटी इञ्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव नीलम ढुङ्गेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन भन्ने विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर