किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क आएपछि • Osvevo

किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क आएपछि

Osnepal Admin (KTM) May 13, 2023
0

बिर्तामोड- निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला रु झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ ।

केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो । परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ ।

कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्‍यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो ।

सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो । आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई–४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए । सुरजका कान्छा काका किरियामा बस्नुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर