धादिङमा ३३ जना यात्रु रहेको गुडिरहेको बसमा आगलागी • Osvevo

धादिङमा ३३ जना यात्रु रहेको गुडिरहेको बसमा आगलागी

Osnepal Admin (KTM) May 13, 2023
0

धादिङ -धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । धादिङको खाल्टेबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ४८४६ नम्बरको यात्रुवाहक बसमा सर्ट सर्किट भई धुनिबेसी–९ गणेश मन्दिर नजिकै आगलागी भएको हो । ‘३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालिएका कारण मानबिय क्ष्नती नभएको बताइएको छ ।बसको सिटसहित भित्रको पार्ट, बाहिर पनि जलेको छ। राजमार्ग क्षेत्रमा रहेको दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर