काठमाण्डौ – भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे नेपाल भ्रमण आएका छन् । नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल आएका हुन् ।
उनी ३ दिन नेपाल रहने छन् । भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताए । रिन्पोछेले वि।सं। २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः निर्माणमा सहयोग गर्ने पनि बताएका छन् । २०७२ को भूकम्पमा पनि बौद्ध स्तुपा पुनः निर्माणका लागि उनले धेरै ठूलो सहयोग गरेका थिए ।