जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे • Osvevo

जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे

LC (KTM) May 13, 2023
0

ढोरपाटन-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताउनुभयो ।

“आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महसुस गर्ने गरी काम गर्नेछौँ”, उहाँले भन्नुभयो ।साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर