काठमाडौं । विभिन्न उमेर समूहका सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको मोडल सङ्स नेपालका सञ्चालक डेभिलसिंह राजपुतले सिन्धुपाल्चोककी स्वस्ती दंगालसँग लगनगाँठो कसेका छन् । उनीहरुले गत बिहीबार हिन्दु परम्परा अनुसार बनेपामा विवाह गरेका हुन् ।
सिंह स्वस्तीलाई लिन पुख्र्यौली थली धनुषाको वीरेन्द्रबजारबाट बनेपा पुगेका थिए । उनीहरुको विवाहमा शुभकामना दिन राज्यदैनिक डटकमका कार्यकारी सम्पादक तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज झा, उपसम्पादक सोम बास्तोला, रक गायक विनोद ढकाल, कोरियोग्राफर रोजिन शाक्य, पत्रकार माधव खरेल, इभेन्ट आयोजक हेमा मानन्धर, सानु खानलगायतको उपस्थिति थियो ।
सिंह राज्यदैनिक डटकम तथा राज्य मिडिया नेटवर्कका सिईओ तथा ग्लोबल अनलाइन पे, जिओपी बजार, बाइट पाण्डाका सञ्चालक हुन् । चिकित्सा क्षेत्रमा संलग्न दंगाल इभेन्ट निर्देशकका रुपमा समेत कार्यरत छिन् ।