बिनाऋण पाँच विमान किन्दै निगम • Osvevo

बिनाऋण पाँच विमान किन्दै निगम

Osnepal Admin (KTM) May 14, 2023
0

काठमाडौं । वायुसेवा निगमले आन्तरिक उडानका लागि ३ साना र २ ठुला विमान खरिद गर्ने भएको छ ।हाल २ विमानले मात्र उडान भरिरहेको निगमले खुम्चिँदो आन्तरिक बजार विस्तार गर्न विमान थप्न लागेको हो ।

खरिद गरिने ३ साना (१९ सिटे) विमानले दुर्घटना र दुई ठूला (५६/७२ सिटे) विमानले सुगममा उडान भर्नेछन् । ३ वटा साना विमान खरिद गर्ने कार्ययोजना अघि बढाउन निगमले गठन गरेको उपसमितिले प्रतिवेदन पेश गरिसकेको छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

थप दुई विमान किन्न निगम सञ्चालन समितिले वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिले काम सुरू गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर