बालेन शाह भन्छन, ‘प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टचारीलाई सिद्यै बाग्मतीमा चोपल्ने हो’ • Osvevo

बालेन शाह भन्छन, ‘प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टचारीलाई सिद्यै बाग्मतीमा चोपल्ने हो’

Osnepal May 14, 2023
0

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।

 

सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टचारी बिरुद्धमा मुख खोलेका छन् । 

 

उनले भ्रष्टचार बिरुद्ध प्रदर्शन गर्ने होइन, सिद्यै कारबाहीमा जानु पर्ने जनाएका छन् ।  ‘तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’ 
उनले फेसबुकमा लेखेका छन, 

 

‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस । 
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर