घरेलु बक्स अफिसमा फ्लप सावित भएको सामन्थाको फिल्म 'शाकुन्तलम' ओटिटीमा रिलिज हुँदै • Osvevo

घरेलु बक्स अफिसमा फ्लप सावित भएको सामन्थाको फिल्म ‘शाकुन्तलम’ ओटिटीमा रिलिज हुँदै

Osnepal Admin (KTM) May 14, 2023
0

काठमाडौं -दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुको पिरियड ड्रामा फिल्म ‘शाकुन्तलम’ ओटिटीमा रिलिज हुने भएको छ । ६५ करोड भारू बजेटमा बनेको फिल्मले २० करोड कमाएको थियो । घरेलु बक्स अफिसमा सावित फिल्म हलमा नचलेपछि निर्माण टिमले छिटै ओटिटीमा प्रदर्शन गर्न योजना बनाएका हुन् ।

कालिदासको प्रसिद्ध नाटक ‘अभिज्ञान शाकुन्तलम’ मा आधारित फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने फिल्मकर्मीको अपेक्षा थियो। तर वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म हेर्न दर्शक आएनन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार यो फिल्म १२ मेदेखि अमेजन प्राइममा रिलिज हुँदैछ ।

यो फिल्म तेलुगु, तमिल, मलयालम, हिन्दी र कन्नड भाषामा प्रदर्शन हुनेछ।फिल्ममा सामन्थासँगै देव मोहन, सचिन खेडेकर, मोहन बाबु, अदिती बालन, अनन्या नागल्ला, प्रकाश राज, गौतमी, मधु, कबिर बेदी, जिशु सेनगुप्तालगायत कलाकारको अभिनय छ।फिल्ममा सामन्था शकुतलाको भूमिकामा देखिएकी छन् भने देव मोहन दुष्यंतको भूमिकामा देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर