वीरगञ्जमा भन्सार छली ल्याइएका ७४ बोरा चामल नियन्त्रणमा • Osvevo

वीरगञ्जमा भन्सार छली ल्याइएका ७४ बोरा चामल नियन्त्रणमा

Osnepal May 14, 2023
0

वीरगञ्ज, ३१ वैशाख । वीरगञ्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ ।

विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–११ रानीघाटमा छापामारी गरेको थियो । उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले बताए ।

नियन्त्रणमा लिइएको चामलको मूल्य एक लाख २० हजार ८७८ कायम गरी आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरी जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर