६ करोड रुपैयाँ बराबरको अबैध जुत्ता बोकेका तीनवटा टक्र प्रहरी नियन्त्रणमा • Osvevo

६ करोड रुपैयाँ बराबरको अबैध जुत्ता बोकेका तीनवटा टक्र प्रहरी नियन्त्रणमा

Osnepal May 14, 2023
0

हेटौडा, ३१ बैशाख । सशष्त्र प्रहरीले चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ ।

प्रहरीले झन्डै साँढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरवाट नियन्त्रणमा लिएको हो । सशष्त्र प्रहरीको  १४ नम्बर गण, मकवानपुरले ती ट्रकलाई नियन्त्रणमा लिएको हो।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित महेन्द्र राजमार्गवाट चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता भित्राउँदै गरेका तीनवटा टक्रहरु सशष्त्र प्रहरीको नियन्त्रणमा परेका हुन । गत बैशाख २९ गते विशेष सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिईएको सशष्त्र प्रहरीले जनाएको छ ।

सशष्त्र प्रहरीका अनुसार बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा परेका हुन । जसको मुल्य ४ लाख ८८ हजार १७३।६३ अमेरिकी डलर अर्थात ६ करोड ४२ लाख २९ हजार ४।५० रुपैयाँ रहेको अनुमान गरिएको छ ।

नियन्त्रणमा लिएको तीनवटै ट्रक थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर