दुर्घटनामा परी २२ वर्षीय उमेश सहित ३ जनाको मृत्यु • Osvevo

दुर्घटनामा परी २२ वर्षीय उमेश सहित ३ जनाको मृत्यु

Osnepal Admin (KTM) May 14, 2023
0

काठमाडौं, ३१ वैशाख – रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश बाठा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-४ स्थित दुई नम्बर क्यानसर गेट नजिक नजिक सडकमा बागमती प्रदेश ०६-०१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२६ बस्ने ३६ वर्षीय दिपेन्द्र राज गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रे, नमोबुद्ब नगरपालिका-७ खोलेखेतस्थित सडकमा बा.७२ प ४७०१ नम्बरको स्कुटर अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं टोखा नगरपालिका-२ बस्ने ६५ वर्षीय बिचारी हिङमाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर