जोर्डनको शाही दरबारमा साउदी युवती बुहारी बनेर भित्रिदै • Osvevo

जोर्डनको शाही दरबारमा साउदी युवती बुहारी बनेर भित्रिदै

Osnepal May 14, 2023
0

काठमाडौं, ३१ बैशाख । जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाको विवाह अर्को महिना हुँदैछ ।

गत मार्चमा जोर्डनकी राजकुमारीको विवाह सम्पन्न भएको एक महिना पछि शाही परिवारमा अर्काे बिबाह हुन लागेको हो ।

जोर्डनको शाही परिवारकी हुनेवााल बुहारी रज्वा खालिद साउदी अरबकी हुन । उनको जन्म २८ अप्रिल १९९४ मा रियादमा भएको थियो। उनले न्यूयोर्कको सिराक्यूज विश्वविद्यालयबाट वास्तुकलाको अध्ययन गरेकी छिन् ।

सो बिबाहका लागि इन्गेजमेन्ट समारोह गत अगस्त २०२२ मा मा भएको थियो ।

आफनो घरमा भएकाे साे इन्गेजमेन्टका तस्बिरहरू जोर्डनकी महारानी रानिया अल अब्दुल्लाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर