चट्याङ लागेर दार्चुलामा तीन जना घाइते • Osvevo

चट्याङ लागेर दार्चुलामा तीन जना घाइते

Osnepal May 14, 2023
0

दार्चुला, ३१ वैशाख-=दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । व्यास गाउँपालिका(२ हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका हुन् । 

शनिबार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएको प्रहरिले जनाएको छ । चट्याङ लागेर दुहुँ गाउँपालिका(२ हिकिलाका १८ वर्षीय महेश बडाल,  सोही गाउँपालिका( १ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।

दार्चुला प्रहरीका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर