तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने • Osvevo

तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने

Osnepal May 14, 2023
0

काठमाडौं, ३१ वैशाख -संसदको विषयगत समितिको बैठक तीनभित्र बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले तीन दिनभित्र बैठक बस्ने र समिति गठन गर्ने निर्णय गरेको हो ।

पहिलो अधिवेशनको अन्तिम बैठकमा विषयगत समिति गठन गरे पनि बैठक बस्न सकेको थिएन । समितिको बैठक बसेपछि सभापति चयन प्रक्रिया अगाडि बढ्नेछ ।

संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन पनि तीन दिनभित्रै गर्ने निर्णय भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर