८४४ जनाको नमूना परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि • Osvevo

८४४ जनाको नमूना परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि

Osnepal Admin (KTM) May 14, 2023
0

काठमाडौं, ३१ वैशाख -नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४४ जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा १२० जना कोरोनाका सक्रिय संक्रमित छन् ।सक्रिय संक्रमितमध्ये हाल १० जना संस्थागत आइसोलेशनमा एक जना भेन्टिलेटरमा र एक जना आइसियूमा उपचाररत छन् । आज १२ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर