महोत्तरीबाट हतियारसहित भारतीय नागरिक पक्राउ • Osvevo

महोत्तरीबाट हतियारसहित भारतीय नागरिक पक्राउ

Osnepal Admin (KTM) May 14, 2023
0

महोत्तरी, ३१ वैशाख-महोत्तरीको एकडाराबाट प्रहरीले हतियारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी जिल्ला वाजोपट्टी घर भएका २६ वर्षीय पप्पु यादव छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एकडारा गाउँपालिका-४ हल्खोरी बजारबाट यादवलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले निजको साथबाट पेस्तोल एक थान र सोमा लाग्ने पाँच थान गोली रितपूर्वक बरामद गरेको हो । प्रहरी नियन्त्रणमा रहेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर