म्यानमाको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा • Osvevo

म्यानमाको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा

LC (KTM) May 14, 2023
0

मध्य म्यानमाको एउटा शहरमा शनिबार ५८ वर्ष यताकै सबैभन्दा धेरै वर्षा (एकै दिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ।
मध्य म्यानमाको मण्डले क्षेत्रको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ ।

शनिबार १६१ मिमी वर्षा रेकर्ड गरिएको छ । चक्रवात मोकाका कारण अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको र आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बङ्गलादेश–म्यानमाको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोचाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमाको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर) सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर