बाढीले अवरुद्ध वीपी राजमार्ग खुल्यो • Osvevo

बाढीले अवरुद्ध वीपी राजमार्ग खुल्यो

Osnepal Admin (KTM) May 15, 2023
0

काभ्रे – सडकको लेदो हटाएपछि बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ ।आइतबार रातिको वर्षापछि पी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

बाढीले कालढुंगामा लेदोले चारवटा गाडी पुरेपनि लक र यात्री सकुशल रहेका थिए । चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर पनि लेदोले पुरिएको छ । त्यस्तै लामाको घरमा भएका दुई वटा खसी, तीन वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर