लामखुट्टे भगाउन बालिएको घुरबाट आगो लाग्दा एकै परिवारका चार जना जलेर घाइते • Osvevo

लामखुट्टे भगाउन बालिएको घुरबाट आगो लाग्दा एकै परिवारका चार जना जलेर घाइते

Osnepal Admin (KTM) May 15, 2023
0

सिमरा : बाराको एक घरमा आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाइते भएका छन् । घाइते हुनेमा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोरा छोटु र तीन वर्षीय छोरा सन्दीप रहेका छन् ।

उनीहरूको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिए । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरूलाई अस्पताल लगेका थिए।

घरमा आगलागी हुँदा सम्पूर्ण सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत घाइते भएका छन्। आगलागीबाट चार लाख १० हजार बराबरको क्षति भएको छ। लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर