नयाँ फिल्मको तयारीमा दीपक-दीपा, छक्कापञ्जाकै अधिकांश कलाकारले गरे पशुपति पूजाआजा • Osvevo

नयाँ फिल्मको तयारीमा दीपक-दीपा, छक्कापञ्जाकै अधिकांश कलाकारले गरे पशुपति पूजाआजा

Osnepal Admin (KTM) May 15, 2023
0

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा नयाँ फिल्मको तयारीमा छन् । दीपक(दीपाको टोलीले सोमबार बिहान पशुपतिनाथ पुगेर पूजाआजा सुरु गरेर नँया फिल्मा जुटेको बताइएको छ ।

नयाँ फिल्ममा ‘छक्कापञ्जा’कै समूह रहने बताइएको छ । निर्माता तथा अभिनेता निर्मल शर्माले पनि ‘छक्कापञ्जा ४’ सफलताको लागि पशुपति पुगेर ‘थ्यांक्स गिभिङ’ पूजाआजा गरेको बताए ।

दीपाले फिल्मको सफलताको लागि भाकल पूजा गरेकी थिइन्, यही कारण पनि यो समूह पशुपति पुगेको हो ।नयाँ फिल्मको प्रि-प्रोडक्सनमा जुटेको दीपकले बताए । भदौदेखि नयाँ फिल्मको छायांकनमा जाने बताइएको छ । नयाँ फिल्ममा पनि छक्कापञ्जाकै अधिकांश कलाकार देखिने दीपकले बताए । नयाँ फिल्मको टाइटल केही दिनमा सार्वजनिक हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर