‘हल्कारा’ अभिनेता महेश त्रिपाठीलाई इटालीको फिल्मबाट मेजर क्यारेक्टरमा नै प्रस्ताब • Osvevo

‘हल्कारा’ अभिनेता महेश त्रिपाठीलाई इटालीको फिल्मबाट मेजर क्यारेक्टरमा नै प्रस्ताब

Osnepal Admin (KTM) May 15, 2023
0

काठमाडौं ।‘हल्कारा’ अभिनेता महेश त्रिपाठीलाई इटालीको फिल्मबाट प्रस्ताव आएको छ । भारत र युरोपमा छायांकन गर्न लागिएको यो सोसल ड्रामा फिल्मका लागि निर्देशक एलेक्स बसेफ र निर्माताले महेशलाई प्रस्ताव गरेको बताइएको छ । आफूलाई फिल्मको शीर्षमध्येको एक भूमिकामा प्रस्ताव गरिएको त्रिपाठीले बताएका छन् र ।

यसका लागी उनले आफ्नो व्यक्तिगत परिचयसहितको सीभी, फिल्मको क्याटालगसहितको डकुमेन्ट इटाली पठाएका छन् । अन्तर्राष्ट्रिय फेस्टिभलबाटै आफुलाई चिनेर अप्रोच गरेको बताइएको छ । ‘मेजर क्यारेक्टर नै रोलका लागि आफुलाई प्रस्ताब गरिएको बताइएको छ । अहिले हलमा चलिरहेको छ ।

‘हल्कारा’फिल्मबाट उनले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेका छन् । सोही फिल्मबाट उनले अमेरिकाको ह्युस्टन फेस्टलगायतका अन्तर्राष्ट्रिय अवार्डमा पनि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार समेत हात पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर