लागूऔषधसहित भारतीय र नेपाली नागरिक पक्राउ • Osvevo

लागूऔषधसहित भारतीय र नेपाली नागरिक पक्राउ

Osnepal May 15, 2023
0

बर्दिया, १ जेठ-लागूऔषधजस्तो देखिने पदार्थसहित एक भारतीय र दुई नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका-९ गोडियनपुरुवाबाट ३ सय ६० ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले गुलरिया–९ टेपरीका ३० वर्षीय अवधेश यादव र भारत उत्तरप्रदेश राज्य बहराईच घुम्ना भारुका २३ वर्षीय दीपककुमार पासवान लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४० आर ३४१५ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा उनीहरू पक्राउ परेको सूचना अधिकारी एवं डीएसपी बोहोराले जनाए । उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर