नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल • Osvevo

नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

LC (KTM) May 16, 2023
0

रामेछाप-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभएको छ । रामेछापको मन्थलीमा रहेको मन्थली माविको नवनिर्मित तीनवटा भवनको उद्घाटन गर्ने क्रममा उहाँले उक्त छानबिनका लागि कुनै पनि दल बाधक बन्न नहुने बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानूनी दायरामा आउने बताउनुभयो । उहाँले वर्तमान शिक्षा प्रणालीको पाठ्यक्रमलाई परिमार्जन गरी व्यावसायिक र व्यावहारिक शिक्षा बनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले यसअघि शैक्षिक सत्र सुरु भएको महिनाँै बित्दा पनि पाठ्यपुस्तक नपाइने अवस्थालाई अन्त्य गरी यस शैक्षिक सत्रबाट शैक्षिक सत्र सुरु नहँुदै जिल्ला जिल्लामा सरकारी पाठ्यपुस्तक पुगेको हुँदा यो वर्ष विद्यार्थीहरूलाई पठनपाठनमा सुविधा पुगेको बताउनुभयो ।

एसियाली विकास बैंकको सहयोगमा यस नमूना माविको नवनिर्मित तीनवटा भवनमा ३६ वटा कोठा रहेका छन् । खानी निर्माण सेवाले रु १५ करोड ८६ लाख ४७ हजार पाँच सय ५३ को लागतमा ती भवन निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर