शहिद स्मारक लिगः रंगशालामा दुई र च्यासलमा एक खेल हुदैँ • Osvevo

शहिद स्मारक लिगः रंगशालामा दुई र च्यासलमा एक खेल हुदैँ

Osnepal May 16, 2023
0

काठमाडाै‌, २ जेठ । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई बिभागीय टोली बिच प्रतिस्पर्धा हुनेछ ।जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लक एक आपसमा भिडनेछन् । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, दशरथ रंगशालामा दिउँसो ३ बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाईज भिडनेछन । जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर