बासबिनाको बस्ती • Osvevo

बासबिनाको बस्ती

Osnepal Admin (KTM) May 18, 2023
0

कालिकोट । रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ । पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन ।

पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । अहिले त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेका छन् । बाहिरबाट हेर्दा जति आकर्षक लागे पनि त्यही पुग्दा भने बस्ती बस्ती जस्तो छैन । सुनसान छ । मान्छेबिनाका रित्ता घर एक्लै उभिएका छन् ।

पहिरोले जमिन चिरिएर बस्दै आएको ठाउँ बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारले पहिलोपटक एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । पहिरोले गाउँ नै जोखिमयुक्त बनाएपछि त्रिपालको साहारामा बस्न बाध्य स्थानीयका लागि सरकारले चिटिक्क परेको घर बनाइदियो ।

वास्तविक पहिरो पीडितलाई यो आकर्षक घरले तानेन उनीहरू अहिले पनि पहिरोले चिरिएकै जोखिमयुक्त ठाउँमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर