चलेन प्रियंका चोपडाको हलिउड चलचित्र ‘लभ अगेन’ • Osvevo

चलेन प्रियंका चोपडाको हलिउड चलचित्र ‘लभ अगेन’

Osnepal May 18, 2023
0

मुम्बई । चर्चित अभिनेत्री प्रियंका चोपडा अभिनीत हलिउड चलचित्र ‘लभ अगेन’ को बजार कमजोर रहेको जनाइएको छ । पछिल्लो समय यस चलचित्रलाई लिएर उनको चर्चा चले पनि ‘लभ अगेन’ को व्यापार कमजोर रहेको छ । प्रियंकाको यो चलचित्र अमेरिकी बक्सअफिसमा खासै जम्न सकेको छैन ।

अभिनेत्री प्रियंकासहित साम ह्युगन र सेलिन डियोन अभिनीत यस चलचित्रले तीन दिनमा मात्रै ९२।३८ मिलियन डलर० अर्थात् १८ करोड भारु मात्रै कमाएको बताइएको छ । अभिनेत्री प्रियंकाको उक्त चलचित्र फ्लप हुनबाट जोगिन बक्सअफिसमा कडा संघर्ष गरिरहेको छ ।सौर्य दैनिकमा खबर छ ।

मार्भल सिनेमेटिक युनिभर्सको चलचित्र ‘गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३’, एभिल डेड राइज र ‘आर यु देयर गड रु इट्स मी मार्गरेट’ ले बक्सअफिसमा राम्रो प्रभाव जमाइरहेका छन् । प्रियंकाको यस चलचित्रले दर्शकलाई आकर्षित गर्न चुनौतीको सामना गरिहेको छ । ‘लभ अगेन’ मुख्य नायिका मीरा रेको कथा हो, जसले कार दुर्घटनामा आफ्नो साथी गुमाएको विषयलाई चित्रण गरेको छ ।

उनी आफ्नो सम्झनामा यति हराइन् कि उनले आफ्ना फियोन्सेलाई उनको नम्बर टेक्स्ट गर्न थाल्छिन्, जुन अब रोब ९ह्युगन० नामक अर्को व्यक्तिलाई दिइएको छ । रोबीलाई मीराको सन्देश धेरै भावुक लाग्छ र डियोन उनीसँग जोडिन खोज्छिन् । चलचित्रमा अभिनेत्री प्रियंकका पति निक जोनसको समेत विशेष अभिनय छ । तर चलचित्रको बजेट नौ मिलियन डलर रहेको हुँदा चलचित्रले सजिलै लगानी उठाउन भने सक्ने विश्लेषकले जनाएका छन् । सन् २०२१ मा प्रदर्शनमा आएको म्याट्रिक्स रिसर्जेन्सपछि प्रियंकाको रिलिज हुने यो पहिलो चलचित्र हुनेछ ।

उनले सन् २०१७ मा ‘बेवाच’ बाट हलिउडमा पाइला हालेकी थिइन् । प्रियंकाको ओटिटी रिलिज ‘सिटाडेल’ अहिले अमेजन प्राइममा स्ट्रिमिङ भइरहेको छ । तर ‘सिटाडेल’ को निर्माण र प्रबर्धनमा ओटिटीले पानीजस्तै पैसा बगाएको छ । हालै मुम्बईमा प्रिमियर हुँदा प्रियंकाका साथमा रिचर्ड म्याडेन पनि स्टार कास्ट थिए । तर यो सिरिज अपेक्षाअनुरूप चल्न सकेन । यो सिरिजमा प्रियंकाको एक्सन सिक्वेन्सको पक्कै पनि प्रशंसा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर