निगोलोको चोयाबाट डोको बुन्दै बेनीका स्थानीय बासिन्दा • Osvevo

निगोलोको चोयाबाट डोको बुन्दै बेनीका स्थानीय बासिन्दा

Osnepal May 18, 2023
0

बेनी, ४ जेठ म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा चोयाको डोको बुन्दै स्थानीय बासिन्दा । जङ्गलमा पाइने निगोलोको चोयाबाट डोको बुन्ने गरिन्छ ।

यो पनि : राप्रपाले केन्द्रीय नेतालाई जिम्मेवारी तोक्ने :राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पार्टीका केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने निर्णय गरेको छ । राप्रपाको जेठ १ गते सोमबारदेखि बुधबारसम्म धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिले सो निर्णय गरेको हो । 

राप्रपाका सगुनसुन्दर लावतीले प्रेस विज्ञप्ति जारी गर्दै बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जनसहित पारित गरेको जानकारी दिए ।यसैगरी, राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसाग जोडदार माग गरेको छ । 

पार्टीको हरेक समिति र तहमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवा निश्चित सङ्ख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय भएको छ । राप्रपाले संसदीय दलको विधान पारित गर्ने तथा यसअघि कार्यसम्पादन बैठकका निर्णय अनुमोदन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा जनाइएको छ । 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर