सलमान खानकी बहिनी अर्पिताको घरबाट हिराको झुम्का चोरी, चोरी गर्ने आफ्नै घरका सहयोगी • Osvevo

सलमान खानकी बहिनी अर्पिताको घरबाट हिराको झुम्का चोरी, चोरी गर्ने आफ्नै घरका सहयोगी

Osnepal Admin (KTM) May 18, 2023
0

एजेन्सी । भारतीय अभिनेता सलमान खानकी बहिनी अर्पिता खान शर्माको घरमा चोरी भएको छ । प्रहरीको अनुसन्धानमा चोरी गर्ने व्यक्तिको नाम सन्दीप हेगडे रहेको खुलेको छ । अर्पिताको घरमा सहयोगीका रुपमा काम गर्दै सन्दीपले चोरी गरेको प्रहरीले जनाएको छ । सन्दीपले ५ लाख मूल्यको हिराको झुम्का चोरी गरेका थिए ।

अर्पिताले १६ मे राति आफ्नो घरबाट चोरी भएको उजुरी दिएकी थिइन् । विगत ४ महिनादेखि अर्पिताको घरमा काम गरिरहेका सन्दीप मे १६ राति देखि गहना चोरेर फरार भएको बयानमा उल्लेख छ ।अर्पिता सलिम खानकी धर्मपुत्री हुन् । सलीमले हेलेनसँग दोस्रो विवाह गरेपछि उनीहरुको सन्तान थिएन, त्यसैले उनीहरूले अर्पितालाई बच्चाको रूपमा अपनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर