प्रतिनिधिसभा बैठक जारी, नियम निलम्बन प्रस्ताव पारित • Osvevo

प्रतिनिधिसभा बैठक जारी, नियम निलम्बन प्रस्ताव पारित

LC (KTM) May 18, 2023
0

काठमाडौं, ४ वैशाख । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे डाकिए पनि दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । बैठकमा नियम लिम्बनको प्रस्ताव पेस गरिएको छ । बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । सोहीसँग सम्बन्धित् नियम निलम्बनसम्बन्धी प्रस्ताव पेस गरिएको हो ।

कांग्रेसका रमेश लेखकले पेस गरेको नियम निलम्बनको प्रस्तावलाई एमालेका महेश बर्ताैला र रास्पवाका सन्तोष परियारले समर्थन जनाएका छन् । उक्त प्रस्तावमा प्रधानमन्त्रीसँग बढीमा १५ जनाले प्रश्नोत्तर गर्ने पाउनेछन् । साे प्रस्ताव बैठकले पारित  गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर