विमान दुर्घटना भएको १८ दिनपछि ४ जना जीवितै भेटिए, जङ्गलमा हाँगा भाँचेर बनाइएको सानो आश्रयस्थल बसेको अबस्थामा फेला • Osvevo

विमान दुर्घटना भएको १८ दिनपछि ४ जना जीवितै भेटिए, जङ्गलमा हाँगा भाँचेर बनाइएको सानो आश्रयस्थल बसेको अबस्थामा फेला

Osnepal Admin (KTM) May 18, 2023
0

एजेन्सी – कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् । समाचार संस्था एएफपीले जनाए अनुसार विमान दुर्घटना भएको दुई हप्तापछि अमेजन जङ्गलमा चार जना बालबालिकालाई जीवितै भेटाइएको हो ।

उनीहरु जिवितै भेटिएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले यो देशकै लागि आनन्दको खबर भएको बताएका छन् । गएको मे १ मा भएको दुर्घटनामा पाइलट र बच्चाकी आमासहित तीन जनाको ज्यान गएको थियो ।

विमानमा यात्रा गरिरहेका नाबालिगहरूको खोजी गर्न तालिम प्राप्त कुकुरसहित एक सय जनाभन्दा धेरै सिपाही तैनाथ गरिएको थियो । बालबालिकाहरू जङ्गलमा हाँगा भाँचेर बनाइएको सानो आश्रयस्थलमा बसेका समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर