सेयर बजार ३२‍.३० अंकले वृद्धि,एक अर्ब ४७ करोड ४७ लाख भन्दा बढिको कारोबार • Osvevo

सेयर बजार ३२‍.३० अंकले वृद्धि,एक अर्ब ४७ करोड ४७ लाख भन्दा बढिको कारोबार

Osnepal May 18, 2023
0

काठमाडौ, ४  जेठ । सेयर बजार ३२‍.३० अंकले वृद्धि भएकाे छ । बुधबार २३ अंकले बढेको सेयर बजार बिहीबार ३२.३० अंकले बढेकाे हाे । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ ।

लगानीकर्ताहरुमा उत्साह थपिँदा बिहीबार एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक ट्रेडिङ उपसूचक ३.७१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशतले बढेको छ ।

यसदिन २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एनआइसी एसिया बैंक परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर