आर्थिक सङ्कट समाधान गर्न दुवै मुलुकबीच सहकार्य आवश्यक छ : मन्त्री रिजाल • Osvevo

आर्थिक सङ्कट समाधान गर्न दुवै मुलुकबीच सहकार्य आवश्यक छ : मन्त्री रिजाल

LC (KTM) May 18, 2023
0

वीरगञ्ज-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिले देखापरेको आर्थिक तरलताको समस्यालाई समाधान गर्न नेपाल र भारतबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।वीरगञ्जमा जारी ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई आज सम्बोधन गर्नुहुँदै मन्त्री रिजालले नेपाल र भारतबीच सनतातनकालदेखि नै सम्बन्ध अत्यन्तै सुमधुर रहेकाले आर्थिक तरलताको वर्तमान समस्यालाई समाधान गर्न दुवै मुलुकले आपसमा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल र भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई नयाँ ढङ्गबाट अघि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री रिजालले नेपालमा नीतिगत र विधिगतरूपमा लगानी गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

वर्तमान आर्थिक सङ्कटलाई समाधान गर्न निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न चाहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै निर्यातमुखी अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल एसबीआई बैंक, नेपाल–भारत उद्योग वाणिज्य सङ्घ वीरगञ्ज च्याप्टर, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र द स्टार्टअप नेटवर्कको सहकार्यमा पिएचडी च्याम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीसँगै सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर