ब्राइटन माथी न्युक्यासलको सहज जीत • Osvevo

ब्राइटन माथी न्युक्यासलको सहज जीत

Osnepal May 19, 2023
0

काठमाडौं, ५ जेठ । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ ।

शुक्रबार विहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो ।

न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्माघाती गोलवाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो । ब्राइटनका डेनिज उनडभले आफ्नै पोस्टमा गोल गरेपछि २२ औं मिनटमा न्युक्यासलले १–० को अग्रता लियो ।

यसैगरी, पहिलो हाफको अतिरिक्त समयमा न्युक्यासलका डान ब्रुनले थप  गोल गरेपछि न्युक्यासल २–० ले अघि बढन सफल भयो ।

उता, दोस्रो हाफको ५१ औं मिनेटमा ब्राइटनका उनडभले गोल फर्काए पछि खेल २–१ को स्थीतिमा रहन पुग्यो ।

तर, खेलको ८९ औं मिनेटमा कलुम विल्सनले गोल गरे पछि खेल  ३–१ को स्थीतिसहित सहज रुपमा अघि बढयो । तर, त्यो लामो समयसम्म स्थिर रहन सकेन ब्रुनो रोड्रिगेजले दोस्रो हाफको अतिरिक्त समयमा थप गोल गरेपछि न्युक्यासले ४–१ को सहज जीतसहित तेस्रो स्थानमा कायम रहन सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर