हिमाल दोलखा हाइड्रोपावरले ७५% हकप्रद सेयर जारी गर्ने • Osvevo

हिमाल दोलखा हाइड्रोपावरले ७५% हकप्रद सेयर जारी गर्ने

Osnepal May 19, 2023
0

काठमाडौ, ५ जेष्ठ । हिमाल दोलखा हाइड्रोपावरले जेठ २२ गतेदेखि ७५% हकप्रद सेयर जारी गर्ने भएको छ ।

यसले १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । यस हकप्रद सेयरको लागि यसले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर