गण्डकीमा नयाँ पदमार्ग निर्माणका लागि प्रदेश सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री पाण्डे • Osvevo

गण्डकीमा नयाँ पदमार्ग निर्माणका लागि प्रदेश सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री पाण्डे

LC (KTM) May 19, 2023
0

गोरखाबजार – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा नयाँ पदमार्ग निर्माणका लागि प्रदेश सरकारको सहयोग रहने बताउनुभएको छ ।

नयाँ पदमार्ग निर्माणका लागि पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले गोरखामा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले पदयात्री पर्यटकका लागि नयाँ पदमार्ग निर्माणमा गण्डकी प्रदेशले सहयोग गर्ने बताउनुभएको हो ।

“सडक सञ्जाल निर्माणका कारण पदयात्रा मार्ग छोटिएका छन्, प्रदेश सरकारले नयाँ पदमार्ग निर्माणका लागि पहल गर्छ”, उहाँले भन्नुभयो । उहाँले गण्डकी प्रदेशलाई पर्यटकीय गन्तव्यको महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले नयाँ पदमार्गको खोजी गरी पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले टानसँग सहकार्य गर्ने स्पष्ट पार्नुभयो ।

टानका अध्यक्ष निलहरि बाँस्तोलाले सडक सञ्जाल निर्माणका कारण अन्नपूर्ण पदयात्रा मार्ग, मनास्लु पदयात्रा मार्गजस्ता महत्त्वपूर्ण पदयात्रा मार्ग छोटिँदै गएको भन्दै वैकल्पिक पदमार्गको लागि प्रदेश सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले उपल्लो मुस्ताङ सर्किटको विकास गर्न र लोमान्थाङबाट दामोदर कुण्ड हँुदै नार तथा फू निस्कने गरी बृहत् अन्नपूर्ण सर्किट टे«लको खोजी, विकास एवं प्रवर्द्धनमा लाग्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर