टीकापुर घटनाको विषयमा प्रधानमन्त्रीले झुट बोले • Osvevo

टीकापुर घटनाको विषयमा प्रधानमन्त्रीले झुट बोले

Osnepal Admin (KTM) May 19, 2023
0

काठमाडौं । कैलालीको टीकापुर घटनाको विषयलाई लिएर संसद्मा उठेको सांसदको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत जवाफ दिएका छन् ।२०७३ मा आफैं प्रधानमन्त्री भएको बेलामा सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

सो प्रतिवेदनको विषय लिएर बिहीबार सांसदसँग प्रधानमन्त्रीको सवाल जवाफमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतले सार्वजनिक नगर्नू भनेकाले रोकिएको बताएका थिए ।

२०७६ असोज ३० गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले तीन महिनाभित्र लाल आयोग सार्वजनिक गर्न परमादेश जारी गरेको थियो । तर, चार वर्ष बित्दा पनि सार्वजनिक हुन सकेको छैन ।यो समाचार आजको राजधानी दैनीकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर