धनगढीमा २६ वर्षीया डाक्टर प्रसन्ना शाह आफ्नै घरमा मृत फेला • Osvevo

धनगढीमा २६ वर्षीया डाक्टर प्रसन्ना शाह आफ्नै घरमा मृत फेला

Osnepal May 19, 2023
0

धनगढी, ५ बैशाख । धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् ।

धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा। प्रसन्ना शाह मृत फेला परेकी हुन । उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।

शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर