तीन लाखको लगानीमा व्यावसायिक मौरीपालन सुरु गरे तनहुँका मगरले • Osvevo

तीन लाखको लगानीमा व्यावसायिक मौरीपालन सुरु गरे तनहुँका मगरले

Osnepal May 19, 2023
0

तनहुँ, ५ जेठः तनहुँको ऋषिड गाउँपालिका–३ सोलुङ्गमा लालकुमार गरङजा मगरले व्यावसायिक रुपमा गर्नुभएको मौरीपालन । तीन वर्षअघि रु तीन लाखको लगानीमा व्यवसाय सुरु गर्नुभएका मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित १०० घार रहेको छ ।

यो पनि : दार्चुलामा यार्सागुम्बा सङ्कलक गर्न गएका वीरसिँहको ढुङ्गाले लागेर मृत्यु:खलङ्गा, ५ जेठ दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् ।

यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घट्नास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर