अमेरिकामा सुगम पोखरेल,विल्सन बि राई,राजेश हमाल तथा आसिफ शाह सहितको म्युजिक टुर -युएसए कार्यक्रम हुदै • Osvevo

अमेरिकामा सुगम पोखरेल,विल्सन बि राई,राजेश हमाल तथा आसिफ शाह सहितको म्युजिक टुर -युएसए कार्यक्रम हुदै

Osnepal Admin (KTM) May 19, 2023
0

विजय थापा । अमेरिकामा चर्चित गायक सुगम पोखरेल,प्रसिद्ध कलाकार तक्मे बुढा विल्सन बि राई,नेपाली चलचित्रका महानायक राजेश हमाल तथा कार्यक्रम प्रस्तोता तथा गायक-र्यापर  आसिफ शाह सहितको म्युजिक टुर -युएसए (सांगीतिक अमेरिका यात्रा)नामक कार्यक्रम हुने भएको छ ।

मिम नेपालको प्रस्तुति रहने उक्त कार्यक्रम अमेरिकाको लागि ई-पिक इन्टरटेनमेन्टले अमेरिकाका विभिन्न राज्यहरुमा यात्रा गराउने जिम्मेवार लिएको छ ।

कार्यक्रम आगामी जुन-जुलाई -अगस्त ३ महिनाको लागि हुने ई-पिक इन्टरटेनमेन्टका प्रतिनिधि अभिजित राईले बताए । कार्यक्रम विभिन्न राज्यहरुमा प्रस्तुत गर्न चाहना राख्ने नेपाली समुदायले सिधै ई-पिक इन्टरटेनमेन्टका अभिजित राई तथा मनोज सापकोटासंग सम्पर्क गर्न सकिने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर