भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु, उद्धार कार्य जारी • Osvevo

भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु, उद्धार कार्य जारी

LC (KTM) May 19, 2023
0

नानिङ-दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ।
अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर