बलिउड अभिनेता सलमान खान ‘टाइगर ३’को छायांकनमा घाइते • Osvevo

बलिउड अभिनेता सलमान खान ‘टाइगर ३’को छायांकनमा घाइते

Osnepal Admin (KTM) May 19, 2023
0

काठमाडौं । बलिउड अभिनेता सलमान खान ‘टाइगर ३’को छायांकनमा घाइते भएका छन् । डम्बेल उठाउँदा सलमानलाई चोट लागेको बताइएको छ ।। उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै आफुलाई चोट लागेको जानकारी गराइका हुन् ।

तस्विरमा उनको काँधमा चोट लागेको र ब्यान्डेज लगाएको देखिन्छ । सलमानको यो तस्वीर देखेर फ्यान चिन्तित भएका छन् । उनले लेखेका छन् ‘जब तपाईलाई लाग्छ कि तपाई सारा संसारको भार आफ्नो काँधमा बोक्दै हुनुहुन्छ, तब उनीहरु भन्छन् संसार छोड र पाँच किलोको डम्बेल उठाएर देखाऊ । बाघ घाइते छ ।’

‘टाइगर ३’ मा सलमानको अपोजिट कट्रिना कैफले अभिनय गरेकी छन् । यो फिल्ममा शाहरुख खानले केमियो भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा टाइगर र पठानको एक्सन समावेश गरिएको छ । मनीष शर्मा निर्देशित ‘टाइगर ३’मा इमरान हाश्मी पनि रहनेछन् र नोभेम्बर १० मा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर